नवजीवन ज्योति क्लबद्वारा घर नम्बर टाँस तथा टोल सरसफाई कार्यक्रम सम्पन्न
१३ माघ, हेटौँडा । हेटौंडा उपमहानरपालिका –६ स्थित नवजीवन ज्योति क्लबले शनिबार घर नम्बर टाँस तथा टोल सरसफाई कार्यक्रम गरेकोे छ ।
क्लबको आयोजनामा चौघडा बजार र रक्षादेवी टोल क्षेत्रमा सरसफाई गरिएको हो । नमूना टोल निर्माण अभियानमा लागेको क्लबले रक्षादेवी टोलका ८७ घरमा घर नम्बर टाँस गरेको छ । क्लबले गरेको कार्यको प्रशंसा व्यक्त गर्दै प्रस्तावित नमूना टोलबिकास संस्थाको लागि वडा कार्यालयबाट बजेट समेत विनियोजन गरेको वडा सदस्य लेखराज ढकालले बताउनुभयो ।

रक्षादेवी टोललाई नमूना टोल घोषणा गर्नका लागि क्लबले वृक्षारोपण, विभिन्न सीपमूलक तालिम लगायतका कार्यक्रम गर्दै आएको क्लबका अध्यक्ष राजकुमार बास्तोलाले जानकारी दिनुभयो ।
घर नम्बर टाँस्ने अभियान तथा सरसफाई कार्यक्रममा हेटौंडा–६ का वडा अध्यक्ष विष्णुबहादुर दाहाल, पूर्व वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईं, वडा सदस्यहरू लेखराज ढकाल, सरिता सापकोटा, मुना विश्वकर्मा, क्लबका सल्लाहकार श्यामप्रसाद श्रेष्ठ, रक्षादेवी टोल विकास संस्थाका अध्यक्ष रमेश बानियाँ, शान्तिटोल टोल विकास संस्थाका अध्यक्ष केशव धिताल विभिन्न संघसंस्थाका प्रतिनिधि, प्रहरी चौकी चौघडाका सुरक्षाकर्मी लगायतको उपस्थिती थियो ।














