नवजीवन ज्योति क्लब वातावरण सम्मान २०८१ बाट सम्मानित

संवाददाता
२३ जेष्ठ २०८१, बुधबार १७:४९

२३ जेठ, हेटौँडा । हेटौंडा ६ चौघडास्थित नवजीवन ज्योति क्लब वातावरण सम्मान २०८१ बाट सम्मानित भएको छ ।
५२ औं विश्व वातावरण दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा टोल विकास संस्था नगर समन्वय समिति हेटौडाले क्लबलाई सम्मान गरेको हो । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलान, हेटौंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामाले क्लबका अध्यक्ष राजकुमार बास्तोलालाई सम्मानपत्र प्रदान गर्नुभएको हो ।


यसअघि पनि वातावरणको क्षेत्रमा काम गर्दै आएको भन्दै नवजीवन ज्योति क्लब वातावरण सम्मान २०५८ बाट पनि सम्मानित भएको थियो । कार्यक्रमकै अवसरमा रक्षादेवी टोल विकास संस्थालाई नमुना टोल पनि घोषणा गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*