निजामती विधेयक पारित गर्न उच्च राजनीतिक तहमा छलफल हुन्छः मन्त्री गुप्ता

संवाददाता
२० भाद्र २०८१, बिहीबार १६:३७

२० भाद्र, काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले संघीय निजामती विधेयक पारित गर्न उच्च राजनीतिक तहमा छलफल गर्ने बताउनुभएको छ ।
बिहीवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री गुप्ताले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक समिति बाट पारित गराउन उच्च राजनीतिक तहसँग समन्वय गर्ने बताउनुभएको हो ।
समितिमा बिहिबारदेखि विधेयकमाथिको सैद्धान्तिक छलफल प्रारम्भ भएको छ । बैठकमा बोल्दै उहाँले विधेयकमा १ हजार ५ सय ८३ वटा संशोधन प्रस्ताव रहेको र संशोधनमाथि छलफल गर्दा छलफलमै दुई वर्ष बित्न सक्ने भन्दै उच्च राजनीतिक तहसँग समन्वय गरेर निर्देशन लिने बताउनुभयो ।
मन्त्री गुप्ताले यस विधेयकलाई प्राथमिकतामा राखेर अगाडी बढाउन समिति समक्ष आग्रह गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*