निर्माण व्यवसायीको ६० अर्ब रुपैयाँ तत्काल भुक्तानी दिन सांसद दीपकबहादुर सिंहको आग्रह

संवाददाता
१६ चैत्र २०८०, शुक्रबार १६:४९

१६ चैत्र, हेटौंडा । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले निर्माण व्यवसायीहरुले भागेको समस्या सरकारले तत्काल समाधान गर्नुपर्ने बताउनुभएको छ ।

शुक्रवार नेपाल निर्माण व्यवसायी महासंघको हेटौँडामा भएको २५ औं वार्षिक साधरण सभामा बोल्दै सभापति सिंहले सरकारसँग यस्तो माग गर्नुभएको हो । उहाँले निर्माण व्यवसायीहरुले भुक्तानी,आयोजनाका माद थप जस्ता अन्य समस्याहरु भोग्दै आएको भन्दै सरकारकाले तत्काल समाधान गरी सहजिकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालमाथि उद्योगी व्यवसायीहरुको भरोसा रहेको भन्दै प्रधानमन्त्रीले तत्काल समाधान गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले सरकारले निर्माण व्यवसायीहरको ६० अर्ब रुपैयाँ तत्काल भुक्तानी दिन सक्नुपर्ने बताउनु भयो । सिंहले निर्माण उद्योगलाई चलायमान बनाउनको लागि बैंकको ब्याजदर घट्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले सरकारले युवा विद्यार्थीहरु सबै विदेश पलायन भएको र उद्योगी व्यवसायी मात्रै स्वदेशमा रहेकाले उद्योगी व्यवसायीहरुलाई पनि विदेश पलायनबाट रोक्न जरुरी रहेको बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*