निशुल्क बृहत्त योग विज्ञान शिविर सुरु
२१ जेठ, हेटौँडा । महिला पतंजली योग समिति मकवानपुरको आयोजनामा निशुल्क बृहत्त योग विज्ञान शिविर सुरु भएको छ ।
बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता एवम् बागमती प्रदेश सभा सदस्य लक्ष्मी श्रेष्ठको विशेष आतिथ्यतामा सोमबार शिविरको उद्घाटन गरिएको हो । हेटौँडा–४, स्थित रोयल पार्टी प्यालेसमा “गरौँ योग रहौँ निरोग” भन्ने मूल नाराका साथ शिविर सुरु गरिएको हो । ४ नम्बर वडा कार्यालय र महिला पतंजली योग समिति मकवानपुरको संयुक्त आयोजनामा शिविर सञ्चालन भएको हो । शिविरमा महिला पतंजलि योग समिति केन्द्रीय अध्यक्ष पूज्य साद्वी देवादितिले योग प्रशिक्षण दिनुभएको हो ।
मंगलबार सम्म चल्ने शिविरमा १ हजार ५ सय जनाको उपस्थिति रहेको पतञ्जली योग समिति मकवानपुरका जिल्ला अध्यक्ष रामकृष्ण थापाले जानकारी दिनुभयो । कार्यक्रममा बागमती प्रदेश सभाकी पूर्व सदस्य जुनेलीमाया श्रेष्ठ, वडा अध्यक्ष, सदस्यहरुको आतिथ्य रहेको थियो ।














