नेजाका अध्यक्ष भण्डारी र मकवानपुरका सञ्चारकर्मीबीच भेटघाट

संवाददाता
२९ असार २०८२, आईतवार १७:२१

२९ असार, हेटौँडा । नेपाल अमेरिका पत्रकार संघ नेजाका अध्यक्ष सुरेश भण्डारी र मकवानपुरका सञ्चारकर्मीबिच भेटघाट गरिएको छ ।
नेपाल पत्रकार महासंघ मकवानपुरको समन्वयमा आइतबार महासंघको हलमा भेटघाट गरिएको हो । पारिवारिक भेटघाटका लागि मकवानपुर आइपुग्नुभएका अध्यक्ष भण्डारीले मकवानपुरका सञ्चारकर्मीहरूसँग पत्रकारिता क्षेत्र अनुभव साट्नुभयो ।
भेटका क्रममा अध्यक्ष भण्डारीले नेजाले गरिरहेका कार्यक्रम तथा योजनाका साथै अमेरिकामा नेपाली पत्रकारिताको अवस्थाबारे जानकारी गराउनुभएको थियो । नेजाले अमेरिकामा रहेका नेपालीहरूलाई संस्थागत तथा व्यक्तिगत रूपमा सहयोग गर्दै आएको उहाँले बताउनुभयो । अध्यक्ष भण्डारीले नेजाले प्रदान गर्ने ग्रामीण पत्रकारिता पुरस्कारको राशि बढाइएको जानकारी दिनुभयो ।
यसअघि एक लाख रुपैयाँ रहेको पुरस्कारको राशि बढाएर दुई लाख २२ हजार पु¥याइएको छ । यो पुरस्कार मकवानपुरका पत्रकार प्रताप विष्टले प्राप्त गरिसक्नुभएको छ । यो पुरस्कार पत्रकारिता क्षेत्रको सबैभन्दा बढी धनराशीको पुरस्कार हो ।
नेजा अध्यक्ष भण्डारीले पुरस्कारलाई थप परिमार्जन गर्दै सात प्रदेशका १४ जना पत्रकारलाई लेखनवृत्ति पुरस्कार प्रदान गर्ने तयारी भइरहेको बताउनुभयो । यसका साथै, नेजाले डिजिटल लाइब्रेरीका लागि एप तयार गरिरहेको समेत उहाँले जानकारी गराउनुभयो ।
उहाँका अनुसार अमेरिकामा करिब २४÷२५ वटा नेपाली समाचार अनलाइन सञ्चालनमा रहेको जानकारी दिनुभयो । छलफलमा नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगर, उपाध्यक्ष हरि हुमागाईँ, मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारी, वरिष्ठ पत्रकार प्रताप विष्ट, पूर्व अध्यक्ष राममणि दाहाल लगायतको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*