नेपाली भाषा शिक्षक समिति मकवानपुरको पाचौँ साधारण सभा सम्पन्न

संवाददाता
१० चैत्र २०८०, शनिबार १७:५९

१० चैत्र, हेटौँडा । नेपाली भाषा शिक्षक समिति मकवानपुरको पाचौँ साधारण सभा सम्पन्न भएको छ ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलानको प्रमुख आतिथ्यतामा साधारण सभा भएको हो । वार्षिक साधारण सभामा कोषाध्यक्ष शुशिला चौलागईले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । समितिले गरेका कार्यक्रम, गतिविधि तथा आगमाी योजनाहरुको बारेमा समिति सचिव ज्योती न्यौपानेले प्रकाश पार्नुभएको थियो । यसैबीच, सर्वसम्मत रुपमा पुरुषोत्तम आचार्यको अध्यक्षतामा ११ सदस्यीय नेपाली भाषा समितिको हेटौंडा उपमहानगरपालिका समिति समेत गठन गरिएको छ ।
समितिको नगर सचिवमा सि.एम. रिमाल र कोषाध्यक्षमा गोमा दाहाल चयन भएका छन् । नगर समितिमा उपाध्यक्ष पद नहुने विधानमा व्यवस्था रहेको समितिका जिल्ला सचिव न्यौपानेले बताउनुभयो ।
समितिको कार्यकाल ३ वर्षको हुने छ । यसअघि बकैया गाउँपालिकामा समेत समिति गठन भैसकेको छ । अन्य पालिकामा बिस्तारै समिति गठन गर्दै लैजाने योजना रहेको सचिव न्यौपानेले बताउनुभयो । नेपाली भाषा शिक्षणका क्रममा आईपरेका समस्या समाधान गर्ने हेतूले २०५८ सालमा विधिवत् रुपमा भाषा समिति गठन भएको हो ।
समिति अध्यक्ष केशव प्रसाद सञ्जेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ललित घलान, हेटौंडा उपमहानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत रमेश विडारी, समितिका आजिवन सदस्य ध्रुव भुजेल, समितिका सल्लाहकार रमेशमोहन अधिकारी, ह्यग्रीव आचार्य लगायतले शुभकामना दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*