नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको भाउ घटायो

संवाददाता
३ चैत्र २०८०, शनिबार ०७:०३

हेटौँडा । नेपाल आयल निगमले गएरातिदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मट्टीतेलको भाउ घटाएको छ ।

निगम सञ्चालक समितिको बैठकले पेट्रोलको मूल्यमा प्रतिलिटर एक रुपैयाँ र डिजेल÷मट्टीतेलको मूल्यमा प्रतिलिटर दुई रुपैयाँ घटाएको हो ।

निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि देशका विभिन्न ठाउँहरूलाई तीन वर्गमा विभाजन गरेको छ । पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र रहेको छ । यो क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १६८ रूपैयाँ ५० पैसा तथा डिजेल र मट्टीतेलको भाउ लिटरको १५५ रूपैयाँ ५० पैसा पर्नेछ । दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १७० रूपैयाँ तथा डिजेल र मट्टीतेलको भाउ लिटरको १५७ रूपैयाँ पर्नेछ । यस्तै तेस्रो वर्गअन्तर्गत काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १७१ रूपैयाँ तथा डिजेल र मट्टीतेलको भाउ लिटरको १५८ रूपैयाँ पर्नेछ । खाना पकाउने एलपी ग्यासको मूल्य भने घटबढ भएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*