न्याय क्षेत्रमा महिलाहरुको सारभुत प्रतिनिधित्वले समानताको प्रत्याभुति गराउँछः प्रधानन्यायाधीश श्रेष्ठ

संवाददाता
९ चैत्र २०८०, शुक्रबार १७:१३

९ चैत्र, काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्याय क्षेत्रमा महिलाहरुको सारभुत प्रतिनिधित्व अपरिहार्य रहेको बताउनुभएको छ ।
शुक्रवारबाट ललितपुरमा शुरु भएको महिला न्यायाधीशहरुको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले न्याय क्षेत्रमा महिलाहरुको सारभुत प्रतिनिधित्वको विषय दिगो विकासका लक्ष्य हासिल गर्ने तथा लोकतन्त्र, विधिको शासन, समानता र सामाजिक न्याय सुनिश्चित गर्ने महत्वपूर्ण आधार हुने बताउनुभयो । उहाँले न्यायपालिकामा महिला न्यायाधीशहरुको उपस्थिति वा प्रतिनिधित्वको विषय संख्यामा मात्र नभइ मानव अधिकार तथा न्यायका मूल्य मान्यता र आदर्शप्रति सम्मान एवं न्यायप्रतिको प्रतिवद्धता रहेको उल्लेख गर्नुभयो । प्रधानन्यायाधीश श्रेष्ठले न्यायपालिकामा महिला न्यायाधीशको सम्माजनक उपस्थिति र प्रतिनिधित्वले समानताको प्रत्याभुति गर्ने बताउनुभयो । उहाँले न्याय क्षेत्रमा महिलाको सहभागिताले न्याय क्षेत्रमा समावेशी पारदर्शीता र न्यायिक सदाचारको प्रवद्र्धनमा समेत योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै पूर्वप्रधानन्यायाधी सुशीला कार्कीले महिलाहरु न्यायाधीशहरुले न्यायको क्षेत्रमा उचित निर्णय लिनसक्ने विश्वास रहेको बताउनुभयो । उहाँले महिला न्यायाधीशहरु न्यायालयमा आउनका लागि अहिले आशातित वातावरण रहेको बताउनुभयो । पूर्वप्रधानन्यायाधी कार्कीले न्यायालयमा संविधानले भनेअनुसारको महिलाको प्रतिनिधित्व हुन आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले आगामी दिनमा महिला न्यायाधीशहरुले न्यायको क्षेत्रमा झनै उल्लेख्य अवसर पाउने र कार्य स्म्पादन पनि राम्रो हुनेमा विश्वस्त रहेको बताउनु भयो ।
त्यस्तै कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पुरुषको तुलनामा महिला न्यायाधीशहरुले सम्पादन गरेका न्यायहरु बढी विवादरहित रहेको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*