पत्रकार महासंघ मकवानपुर शाखाको साधारण सभा वैशाख १९ गते

संवाददाता
३० चैत्र २०८०, शुक्रबार १६:४८

३० चैत्र, हेटौँडा । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको वार्षिक साधारण सभा आगामी वैशाख १९ गते हुने भएको छ ।
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिबाट प्राप्त निर्देशन तथा महासंघको शुक्रबार बसेको कार्यसमिति बैठकले आगामी १९ गतेलाई साधारण सभा गर्ने भनी निर्णय गरेको महासंघका अध्यक्ष मणिराज गौतमले बताउनुभयो । यस अघि चैत्र २५ गते आयोजना गर्ने भनिएको साधरणसभा बिशेष कारणले स्थगित भएको थियो ।
शाखाका यस अघि १७ औँ साधारण सभाका सम्पूर्ण सदस्यहरुलाई सभामा उपस्थिती हुन सुचना समेत जारी गरि सकेको अध्यक्ष गौतमले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*