पत्रकार महासंघ सहित प्रेस चौतारी र प्रेस युनियनले मनाए होली
११ चैत्र, हेटौँडा । पत्रकार महासंघ मकवानपुर शाखासहित प्रेस चौतरी नेपाल मकवानपुर र प्रेस युनियन मकवानपुरले होली मिलन कार्यक्रम गरी होली पर्व मनाएका छन ।
आइतबार बिहानै देखि तीन वटा संस्थाले छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरेर फरक फरक समयमा एक जुट भएर होली पर्ब मनाएका हुन् । हेटौंडा उपमहानगरपालिकाका ४ नं. वडा अध्यक्ष नविन सिग्देलको प्रमुख आतिथ्यता एवम् महासंघका अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा महासंघको होली मिलन कार्यक्रम सम्पन्न भएको हो । अध्यक्ष सिग्देलले सम्पूर्ण सञ्चारकर्मीहरुलाई होली पर्वको शुभकामना दिनुभयो । उहाँले सञ्चारकर्मीहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नको निम्ति बहस गर्नुपर्ने बताउनुभयो । अध्यक्ष सिग्देलले पत्रकारहरु आर्थिक रुपमा सबल नभई पत्रकारिता क्षेत्र फस्टाउन नसक्ने जिकिर समेत गर्नुभयो । उहाँले महासंघमा सिसि क्यामरा जडानको लागि वडा कार्यालयले बजेट बिनियोजना गर्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसैगरी प्रेस चौतारी मकवानपुरले पनि भैरवरोडमा रहेको आफ्नै कार्यालयमा शुभकामना आदान प्रदान गरेर होली पर्ब मनाएका हुन् । प्रेस चौतारी मकवानपुरका कार्यवहाक अध्यक्ष पुष्पराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले मकवानपुरका सचिवालय सदस्य धुब्र प्रसाद चौलागाई, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट, प्रेस चौतारीका केन्द्रिय सदस्य हरि हुमागाई लगायतको सहभागिता रहेको थियो ।

यसैगरी हेटौंडाको वनस्खण्डीमा नेपाल प्रेस युनियन मकवानपुरले पनि होली मिलन कार्यक्रम गरिएको छ । कार्यक्रममा सहभागि सबै पत्रकारहरुलाई स्वागत गर्दै प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास विडारीले होली मिलन कार्यक्रमले पत्रकारहरु एक आपसमा भाइचाराको सम्वन्ध कायम गर्नका लागि सहयोग पुगेको बताउनुभयो ।














