पहाडी क्षेत्रको सदुपयोग गर्न नसक्दा देश गरिबीको मारमा परेको छः अध्यक्ष ओली

संवाददाता
२९ मंसिर २०८०, शुक्रबार १७:१२

२९ मंसिर, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहाडी क्षेत्रको सदुपयोग गर्न नसक्दा देश गरिबीको मारमा परेको बताउनुभएको छ ।
शुक्रवार तेह्रथुममा आयोजित महाकाली–मेची अन्तर्गतको पार्टीको सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल मुलतः पहाडी देश भएपनि यसको उचित सदुपयोग गर्न नसकेको बताउनु भयो । उहाँले कृषिको आधुनिकीकरण, व्यवसायीकीकरण, वैज्ञानिक ढंगले आधुनिक प्रविधिको प्रयोग गरेर खेती किसानी गर्न जरुरी रहेको बताउनु भयो । उहाँले उत्पादनका लागि प्रविधिको प्रयोग गर्न जरुरी रहेको बताउनु भयो ।
अध्यक्ष ओलीले देशलाई समृद्ध र सुखी बनाउन नेकपा एमालेले प्रयत्न र प्रयास गरिरहेको बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*