पाँच दिने बालबिकास सम्बन्धि क्षमता अभिबृद्दी तालिम सम्पन्न

संवाददाता
२ चैत्र २०८०, शुक्रबार ०७:४६

२ चैत्र, हेटौँडा । थाहा नगरपालिकाको सामुदायिक विद्यालयमा कार्यरत वालबिकास कक्षाका शिक्षक तथा प्रशिक्षकहरुको लागि थाहा नगर थानाबजारमा अवस्थित गंगा होटलमा फागुन २७ गते बाट सुरु भएको पाँच दिने बालबिकास सम्बन्धि क्षमता अभिबृद्दी तालिम सम्पन्न भएको छ ।
थाहा नगरपालिका शिक्षा शाखाको निशुल्क शिक्षा घोषणा कार्यक्रम अन्तर्गत आयोजित तालिमको समापन थाहा नगरका प्रमुख बिष्णु बिष्टले गर्नुभयो,समापन नगर शिक्षा शाखाका प्रमुख माधव बिक्रम मल्ल्को सभापतित्वमा भएको थियो। थाहा नगर भित्रका सामुदायिक विद्यालयका ४० जना बाल बिकास शिक्षकहरुको सहभागीता रहेको तालिमलाइ बाल बिकास बिषेशज्ञ हरु सुशीला भण्डारी, मुना राई र रेणुका श्रेष्ठले सहजीकरण गर्नुभएको थियो।


समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथी नगर प्रमुख बिष्टले तालिममा सिकेको कुराहरुलाई आ–आफ्नो विद्यालयका विद्यार्थीहरु माझ लागू गरि बालबालिकालाई राम्रो शिक्षा र संस्कार दिन आग्रह गर्नुभयो । उहाँले जग बलियो भएमात्र घर बलियो हुने बताउदै मन्टेश्वरी माध्यम बाट हुने शिक्षण सिकाइले बच्चामा सकारात्मक प्रभाव पर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा सहभागीहरुले तालिम उपलब्धिमुलक भएको बताउदै सिकेका कुराहरु लाई आआफ्नो विद्यालयमा लागुगर्ने प्रतिवद्दता व्यक्त गरेका छन् ।
समापन कार्यक्रममा सहभागी बालबिकास सहजकर्ता हरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो भने कार्यक्रमलाई शिक्षा शाखाका अधिकृत सुर्य बहादुर थिङले सञ्चालन गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*