पातञ्जल योग समिति नेपालको बागमती प्रदेश अधिवेशन शनिबार हुने

संवाददाता
२६ माघ २०८०, शुक्रबार १९:१७

२६ माघ, हेटौँडा । योग, ध्यान र साधनाका क्षेत्रमा योगदान पु¥याउँदै आएको पातञ्जल योग समिति नेपालको बागमती प्रदेश अधिवेशन शनिबार हुने भएको छ ।
बागमती प्रदेशको राजधानी हेटौडामा हुने अधिवेशनको सबै तयारी पूरा भएको शुक्रबार पत्रकार सम्मेलन मार्फत् जानकारी गराइएको छ । रेडक्रस जिल्ला भवनमा दुई सत्रमा हुने अधिवेशनको हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामाले उद्घाटन गर्नुहुने बताइएको छ । अधिवेशबाट आगामी कार्यकालको लागि नेतृत्व चयन समेत गरिने पातन्जल योग समितिका महासचिव होमप्रसाद गौतमले जानकारी दिनुभयो । जनजनमा घरघरमा योग साधना पुराउने उद्देश्यले २०७५ सालमा पातन्जल योग समिति जिल्ला प्रशासन कार्यालय भक्तपुरमा दर्ता गरी सञ्चालनमा आएको हो । समितिले विद्यालयमा योग कार्यक्रम सञ्चालन गर्न देशका सातैवटा प्रदेश र ३३ वटा जिल्लामा साधना केन्द्र मार्फत् योग कार्यक्रम चलाइरहेको महासचिव गौतमले बताउनुभयो । सिटिईभिटिबाट ३ सय ९० घण्टे तालिमबाट १ सय ३७ जना योग शिक्षक उत्पादन गरेको उहाँले जानकारी दिनुभयो ।
अधिवेशनमा बागमती प्रदेशको ८ जिल्लामा रहेका पातन्जल योग जिल्ला समितिबाट ५० देखि ७० प्रतिनिधी सहभागी हुने प्रदेश उपाध्यक्ष ध्रुव भुजेलले बताउनुभयो । शनिबार बिहान ५ बजे योग साधनाबाट अधिवेशन सुभारम्भ हुनेछ । ८ बजे प्रभातफेरी कार्यक्रम हुने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*