पाथिभरा मन्दिरमा जारी नवोदेवी भागवत महायज्ञमा भक्तजनहरुको उल्लेख्य उपस्थिती

संवाददाता
२८ चैत्र २०८०, बुधबार १९:०४

२८ चैत्र, हेटौँडा । हेटौंडा उपमहानगरपालिका–१ भैरवडाँडा स्थित पाथिभरा मन्दिरमा जारी नवोदेवी भागवत महायज्ञमा भक्तजनहरुको उल्लेख्य उपस्थिती रहेको छ ।
मंगलबारबाट सुरु भएको सप्तशती चण्डी पाठ एवं नवभागवत पारायण तथा महायज्ञमा बुधबार उल्लेख्य भक्तजनको उपस्थिती रहको पाथिभरा मन्दिरका पिठाधिश गुरु देवीदासले बताउनुभयो । महायज्ञमा ११ जना ब्राम्हणद्धारा नियमित पाठ पारायण समेत भैरहेको छ ।
नौ दिन सम्म चल्ने नवभागवत पारायण चैते दशैंका दिन समापन हुने पाथिभरा मन्दिर संरक्षण समितिका अध्यक्ष केशव प्रसाद देवकोटाले बताउनुभयो । मन्दिरमा वैशाख १, ४ र ५ गते विशेष महापुजा हुने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*