पाथिभरा मन्दिरमा पुनः देवकोटाको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन
४ वैशाख, हेटौँडा । हेटौंडा १ भैरवडाँडास्थित पाथिभरा मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा पुनः केशव प्रसाद देवकोटा चयन हुनुभएको छ ।
मंगलबार भएको मन्दिरको १७ औं वार्षिक उत्सवबाट देवकोटाको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा नवराज खतिवडा, सचिवमा शालिकराम पुडासैनी, उपसचिवमा विमला गौतम र कोषाध्यक्षमा विश्वराज न्यौपाने चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा अप्सरा पुडासैनी, गणेश प्रसाई, बिनोद सापकोटा र सिता देवकोटा चयन भएका छन् ।
नयाँ कार्यसमितिलाई मन्दिरका मुल पुजारी पिठाडिश गुरु देवीदासले प्रमाणपत्र वितरण गर्नुभएको हो । नयाँ कार्यसमितिको कार्यकाल ५ वर्षको हुनेछ ।














