पाथिभरा मन्दिर परिसर र भैरव डाँडा सडक किनारमा वृक्षारोपण

संवाददाता
३२ श्रावण २०८१, शुक्रबार १६:३८

३२ श्रावण, हेटौँडा । सशस्त्र प्रहरी १४ नं. गण हेटौंडाले भैरवडाँडा स्थित पाथिभरा मन्दिर परिसर र भैरव डाँडा सडक किनारमा वृक्षारोपण गरेको छ ।
शुक्रबार प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाल, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजाल, सशस्त्र प्रहरी गण १४ नं.का प्रमुख एवम् सशस्त्र प्रहरी उपरीक्षक ज्ञानप्रसाद भुर्तेल, डिभिजन वन अधिकृत राकेश प्रसाद चन्द्रवंशी, पाथिभरा मन्दिरका पिठाधिस देवीदास लगायतको उपस्थितिमा वृक्षारोपण गरिएको हो । धुपि, रुद्राक्ष, बेल, अमला, राजबृक्ष, केरा लगायतका १७ किसिमका बिरुवाहरु रोपिएको १४ नं. गणका प्रहरी उपरीक्षक भुर्तेलले जानकारी दिनुभयो । जलवायु परिवर्तनलाई न्युनिकरण गर्न वृक्षारोपण गरिएको उहाँको भनाई छ ।


वृक्षारोपण पश्चात् टिम टेलिभिजनसंग कुराकानी गर्दै प्रमुख जिल्ला अधिकारी चिलुवाल र प्रहरी उपरीक्षक रिजालले वृक्षारोपण कार्यक्रमबाट सुरक्षाकर्मीहरु समाजमा शान्ति, सुव्यवस्था कायम गर्नुको अतिरिक्त विपद् व्यवस्थापन र वातावरण संरक्षण गर्ने काममा पनि अग्रसर हुन्छ भन्ने प्रमाणित भएको बताउनुभयो ।
त्यसैगरी मन्दिरका पिठाधिश देवीदासले सुरक्षाकर्मीले वृक्षारोपण गरेकोमा खुशी व्यक्त गर्नुभयो ।


छोटो दुरीको ट्रेकिङको लागि समेत पाथिभरा मन्दिरको क्षेत्र उपयुक्त मानिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*