पुस ६ र ७ गते कमाने महोत्सव हुने

संवाददाता
१ पुष २०८०, आईतवार १७:४८

१ पुस, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नं.८ को आयोजनामा व्यापार प्रर्वद्धन एंव प्रर्दशनी सडक महोत्सव हुने भएको छ ।
आइतबार पत्रकार सम्मेलन गर्दै कमानेको मेनरोड निमचोकमा पुष ६ र ७ गते महोत्सव हुने जानकारी गराइएको हो । वडामा रहेका १९ वटा टोल संस्थाभित्र रहेका स्थानीय उत्पादनलाई प्रर्वद्धन गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको संयोजक विष्णु अर्यालले बताउनुभयो । प्रर्दशनी सँगै वडामा रहेका २१ वटा बाल समूहले साँस्कृतिक नृत्य प्रर्दशनी गर्ने संयोजक अर्यालले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा बोल्दै वडा अध्यक्ष राम थापाले वडाभित्र रहेका आमा समूह तथा विभिन्न समूहहरुले तालिमबाट सिकेका सीपहरुको उत्पादनलाई प्रर्वद्धन गर्नका लागि सडक महोत्सव गर्न लागेको बताउनुभयो ।
स्टलमा वडाभित्र उत्पादन भएका विभिन्न परिकारहरु राखिने उहाँले जानकारी दिनुभयो । यस प्रर्दशनीमा ७० वटा स्टलहरु राखिने आयोजकले जनाएको छ । वडा भित्रको लागि स्टल निःशुल्क उपलब्ध गराईने र वडा बाहिरका लागि भने संस्थागत २ हजार र व्यक्तिगत ३ हजार रुपैँया लाग्ने छ । महोत्सवमा ७ लाख खर्च हुने अनुमान रहेको आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*