पूर्वराजा शाहद्वारा हेटौंडाको धार्मिक स्थलहरुको भ्रमण
७ माघ, हेटौँडा । पूर्वराजा ज्ञानेन्द्र शाहले बागमती प्रदेशको राजधानी हेटौंडामा रहेका धार्मीक स्थलहरुको भ्रमण गर्नुभएको छ ।
उहाँलाई हेटौंडा बासिले भव्य स्वागत गरेका छन् । पूर्व राजा शाहले हेटौंडा १५ स्थित चुरियामाई मन्दिर, हेटौंडा १० स्थित भुटनदेवी मन्दिर र हेटौंडा–१३ पदमपोखरीस्थित ज्याङछुपलिङ पोताला गुम्बाको भ्रमण तथा पूजाअर्चना गर्नुभयो । पूर्व राजाको स्वागतका स्थानीय नेपालको झण्डा, फूलमाला बोकेर लामोसमयदेखि लामबद्ध भएका थिए ।भिँ व्यवस्थापन गर्न नेपाल प्रहरी र शसस्त्र प्रहरी र स्वयंसेवकलाई हम्मेहम्मे परेको थियो । प्रत्येक मन्रिमा पूर्व राजाले करीब आधा घण्टा पूजा अर्चना गर्नुभएको थियो ।














