पूर्व राजा ज्ञानेन्द्र शाह हेटौंडा आउने

संवाददाता
३ माघ २०८०, बुधबार १७:१६

३ माघ, हेटौँडा । पूर्वराजा ज्ञानेन्द्र शाह माघ ७ गते हेटौँडा आउनुहुने भएको छ ।
हेटौँडाको धार्मिक क्षेत्रको अवलोकन, भ्रमण र पुजा–आराधनाका साथै भेटघाटका लागि पूर्वराजा शाह हेटौँडा आउन लाग्नु भएको हो । बुधवार हेटौँडामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरको आयोजना तथा रिपोटर्स क्लब नेपाल मकवानपुर शाखाको आयोजनामा भएको पत्रकार सम्मेलनमा पूर्वराजा शाहलाई स्वागत तथा अवलोकन भ्रमण मूल समारोह समिति, उपसमिति गठन गरिएको जानकारी गराईएको थियो । सांसद् दीपक बहादुर सिंहको संयोजकत्वमा १ हजार १ सय ११ जनाको मूल समारोह समिति गठन गरिएको छ । पूर्वराजाले हेटौँडाको चुरियामाई मन्दिर, हेटौँडा–१३ पदमपोखरीको ज्याङछुपलिङ पोतला गुम्बा, हेटौँडा–१० को भुटनदेवी मन्दिरमा पैदलयात्रासहित धार्मिक अवलोकन भ्रमण, पुजा–आराधना र हेटौँडा रिसोर्टमा उद्योगी, व्यवसायी, पत्रकारसँग भेटघाट गर्ने कार्यक्रम तय भएको मूल समारोह समिति संयोजक सिंहले जानकारी दिनुभयो ।
रिपोर्टस क्लब मकवानपुरका अध्यक्ष बलराम पुडासैनीको सभाध्यक्षता भएको कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टिका केन्द्रिय सदस्य रामहरि न्यौपाने, प्रदेश सचिव गुञ्ज बहादुर न्यौपाने, बागमती प्रदेश सदस्य ध्रुव प्रसाद सञ्जय, राप्रपा मकवानपुरका प्रवक्ता आयुष डोटेल, राष्ट्रिय प्रजातान्त्रिक महिला संगठा केन्द्रीय सचिव सरस्वति थिङ् लगाएतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*