पृथ्वीनारायण शाहले आफू बाहेक अरुलाई मास्ने काम गरेः प्रधानमन्त्री ओली

संवाददाता
१८ जेष्ठ २०८२, शनिबार १६:४३

१७ जेठ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र निर्माता पृथ्वीनारायण शाहले आफू बाहेक अरुलाई मास्ने काम गर्नुभएको टिप्पणी गर्नुभएको छ ।
शनिवार काठमाडौंमा बुद्धिजीवि परिषद्को महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले पृथ्वीपथले मारकाट गरेर एकतावद्ध हुने कुरा मात्रै सिकाउने गरेको बताउनु भयो । प्रधानमन्त्री ओलीले पृथ्वीपथबाट नेपाल अघि बढ्दा पोखरा मात्रै पुग्न सकिने टिप्पणी गर्नुभयो । उहाँले अहिले देशलाई मेलमिलापका साथ अघि बढाउनुपर्ने, जाति जनजाति सबैलाई एक बनाएर विकासको काममा अगाडि बढाउनुपर्ने, लोकतन्त्र, संविधानको रक्षा गर्नुपर्ने समय रहेको बताउनु भयो ।
राष्ट्र जोगाउनु र एकतावद्ध बनाउन जरुरी रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै उहाँले १३ औं सन्तानले राजा हुनका लागि पृथ्वीपथको युक्ति निकालेको बताउनु भयो ।
प्रधानमन्त्री ओलीले आजको समय राजा, रजौटा, तानाशाहहरुको समय नभइ लोकतन्त्र र लोकतान्त्रिकरणको समय भएको बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*