प्रदेशका गौरवका योजनाहरु लथालिंग हुने अवस्थाको अन्त्य हुन्छः मन्त्री काफ्ले

संवाददाता
१० आश्विन २०८१, बिहीबार १८:४५

१० असोज, हेटौँडा । लगानी गरेर पुरा नभएका योजनाहरुको बागमती प्रदेश सरकारले अनुगमन गर्ने भएको छ ।
टिम टेलिभिजनसंग कुराकानी गर्नुहुँदै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले अपुरो योजनहरुको अनुगमन र अनुसन्धान गर्ने बताउनुभयो । प्रदेशका गौरवका योजनाहरु लथालिंग हुने अवस्थाको अन्त्य गर्नमा प्रदेश सरकारको विशेष जोड रहने उहाँको भनाई छ ।
मन्त्री काफ्लेले सम्भावित लगानीका क्षेत्रहरुको वस्तुस्थिति बुझेर मात्र प्रदेश सरकारले लगानी गर्ने बताउनुभयो । सम्बन्धित मन्त्रालयहरुको योजना बारेमा जानकारी लिएर प्रतिफल आउने क्षेत्रमा मात्र सरकारको जोड रहने मन्त्री काफ्लेले बताउनुभयो ।
मन्त्री काफ्लेले शतप्रतिशत बजेट कार्यान्वयन हुनुपर्ने आफ्नो मन्त्रालयको नीति रहेको बताउनुभयो । सम्बधित मन्त्रालयका मन्त्री र सचिवहरुलाई बजेट कार्यान्वयनको लागि अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो ।
मन्त्री काफ्लेले बजेट कार्यान्वयन नभएमा बजेट बनाउनुको कुनै अर्थ नहुने समेत बताउनुभयो ।
मन्त्री काफ्लेले प्रदेशका केही जिल्लामा वित्त नीति र बजेट कार्यान्वयनको विषयमा छलफल र अन्तरक्रिया गरिएको जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*