प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने

संवाददाता
२२ असार २०८१, शुक्रबार १६:२१

२१ असार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २८ गते विश्वासको मत लिनुहुने भएको छ ।
उहाँले संघीय संसदका महासचिवलाई पत्र लेखेर २८ गतेको संसद बैठकमा विश्वासको मत लिने कार्यसूची राख्न आग्रह गर्नुभएको हो । संसदको दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भइसकेको छ । त्यो सहमतिअनुसार एमालेले बुधबार मन्त्रीहरुलाई फिर्ता बोलाएर समर्थन फिर्ता लिएको थियो । संविधानत् सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।
२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १ सय ३८ मत चाहिन्छ , जबकी अहिलेसम्म प्रधानमन्त्री प्रचण्डसँग माओवादीका ३२, रास्वपाका २१, एकीकृत समाजवादीका १० र अशोक राई नेतृत्वको जसपाका ७ गरेर ७९ मत मात्र छ । उहाँको विपक्षमा नयाँ सरकार गठन गर्ने सहमति गरिसकेका कांग्रेसका ८८ र एमालेका ७९ गरी १ सय ६७ मत देखिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*