प्रधानमन्त्री दाहाललाई समर्थन नगर्न रास्वपालाई एमालेका सचिव भट्टराईको आग्रह
२३ असार, काठमाडौँ । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई समर्थन नगर्न आग्रह गर्नुभएको छ ।
आईतवार बसेको प्रतिनिधि सभाकोे बैठकमा विशेष समय लिएर बोल्दै सांसद भट्टराईले र प्रधानमन्त्रीले प्वाल पारिसकेको डुङ्गामा बस्न उपयुक्त नभएको सुझाव दिनुभयो । उहाँले रास्वपाले प्रधानमन्त्रीलाई साथ दिइरहँदा अरुलाई पद र गरिमाका विषयमा उठाएको प्रश्नले सार्थकता नपाउने बताउनुभयो । उहाँले प्रधानमन्त्री दाहाललाई साथ दिएर रास्वपालाई नै क्षति हुने भन्दै एक पटक सरकारलाई दिएको समर्थनका विषयमा सोच्न आग्रह समेत गर्नुभयो । उहाँले संसदका दुई ठूला दल सहकार्य गरेर जाने निर्णय गरिसक्दा पनि प्रधानमन्त्री दाहालले २८ गतेसम्म लम्ब्याउन नमिल्ने धारणा राख्नुभयो ।
सचिव भट्टराईले प्रधानमन्त्री दाहालमा देखिएको निरन्तरको अस्थिरताले देशले आत्मविश्वास नै गुमाउन थालेकाले काँग्रेस र एमाले मिल्नुपर्ने परिस्थिति बनेको बताउनुभयो । संविधान जारी भएको ८ वर्षभित्र प्रधानमन्त्री दाहालले एमाले र काँग्रेससँग सहकार्यको गर्दै सत्तामा बसिरहने खेल खेलेको सचिव भट्टराईको भनाई छ । उहाँले कांग्रेसलाई बोलाएर राष्ट्रिय सरकार बनाउन प्रश्ताव गरेकाले एमालले सोच्न बाध्य भएको बताउनुभयो ।














