प्रधानमन्त्री दाहाल पदमुक्त

संवाददाता
२९ असार २०८१, शुक्रबार १७:३२

२८ असार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले संसदबाट विश्वासको मत नपाएसँगै पदमुक्त हुनुभएको छ ।
शुक्रवार प्रतिनिधिसभामा विश्वासको मत राख्नुभएको प्रश्ताव अस्वीकृत भएकाले उहाँ पदबाट मुक्त हुनुभएको हो । तत्काल रहेको २५८ मत रहेकोले उहाँले ६३ मात्रै मत पाएको र त्यसको विपक्षमा १९४ मत परेकाले उहाँको प्रश्ताव अस्वीकृत भएको सभामुख देवराज घिमिरेले जानकारी दिनुभयो ।
प्रतिनिधि सभाको अर्को बैठक आगामी असार ३० गते आईतबार अपरान्ह ३ बजेका लागि बोलाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*