प्रध्यानाध्यापकहरुको गुनासोः शिक्षाको विकासमा स्थानीय सरकारले उल्लेखनीय भूमिका निभाउन सकेन

संवाददाता
२५ चैत्र २०८०, आईतवार १७:४५

२५ चैत्र, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले शिक्षा क्षेत्रको विकासमा लागि स्थानीय सरकारले उल्लेखनीय भूमिका निभाउन नसकेको गुनासो गरेका छन् ।
शैक्षिक सत्र २०८० को प्रगति तथा आगामी शैक्षिक सत्रको योजना प्रस्तूति कार्यक्रममा सहभागी प्रधानाध्यापकहरुले यस्तो गुनासो गरेका हुन् । जिल्ला शिक्षा कार्यालयले हेर्दै आएको विद्यालय माध्यामिक शिक्षा सञ्चालन विषय स्थानीय सरकारको क्षेत्राधिकार भित्र गएपछि झन् समस्या भएको प्रधानाध्यापकहरु बताउँछन् । सामुदायिक विद्यालयको शेक्षिक गुणस्तर वृद्धिमा स्थानीय तहले चासो र निगरानी बढाउन पर्नेमा उनीहरुको जोड थियो ।
जनप्रतिनिधिहरुमा शिक्षालाई पूर्वाधार विकास नमान्ने सोच कायम रहेकाले पनि सामुदायिक विद्यालयको अवस्था दयनीय भएको हेटौंडा–१५ स्थित जनजागृती माध्यामिक विद्यालयका प्रधानाध्यापक केशव प्रसाद सञ्जेलले बताउनुभयो । नजिकै सरकार भएको महसुुस भएपनि पहूँच पुग्नेले मात्रै लाभ लिने परिपाटीको अन्त्य हुनुपर्नेमा उहाको जोड थियो ।


अधिकांश विद्यालयहरुमा दरबन्दी अनुसारको शिक्षक व्यवस्थापन नहुँदा समस्या रहेको र यस विषयमा स्थानीय तह मौन देखिएको प्रध्यानाध्यापकहरुहरुको आरोप छ । ग्रामीण भेगका विद्यालयका विद्यार्थी बिचमै पढाइ छाड्ने, नियमित विद्यालय नआउने जस्ता समस्या रहेको प्रधानाध्यापकहरुले बताएका छन् । सहरी क्षेत्रका विद्यालयमा सिट फूल भएर विद्यार्थी फिर्ता पठाउनुपर्ने अवस्था रहँदा ग्रामिण भेगका सामुदायिक विद्यालयमा भने विद्यार्थीको आकर्षण घटेको पाइएको छ ।
कार्यक्रममा नगर भित्रका १५ सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु चालू शैक्षिक क्षेत्रका प्रगति, आगामी शैक्षिक क्षेत्रका प्रमुख योजना, चूनौती लगायतका विषयमा प्रस्तूति राखेका थिए । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको आयोजना तथा इस्थर बेन्जामिन स्मृति संस्था रुहेल सिआरसि र समृद्ध समाज राष्ट्रिय दैनिकको समन्वयमा कार्यक्रम भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*