प्राकृतिक श्रोत साधनमा पहुँच सुनिश्चिताको माग गर्दै ज्ञापन पत्र
१ चैत्र, हेटौँडा । मकवानपुरको पश्चिमी क्षेत्र मनहरीका स्थानिय वासिन्दाले प्राकृतिक श्रोत साधनमा पहुँच सुनिश्चिताको माग गर्दै पर्सा राष्ट्रिय निकुन्जमा दश बुँदे ज्ञापन पत्र बुझाएका छन् ।
राष्ट्रिय निकुञ्ज खाद्य अधिकार प्रभावित समूहले निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत रामचन्द्र खतिवडा समक्ष ज्ञापनत्रप बुझाएको हो । राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्रमा बसोबास गर्ने स्थानीयले भोग्नु परेको समस्या समाधानको पहल गर्न उनीहरुले आग्रह गरेका छन् । परम्परागत रुपमा उपभोग गर्दै आएको बाटो, चरिचरण, खानेपानी, सिंचाई तथा तटबन्ध, जंङ्गली सागसब्जी तथा कन्दमूल संकलन गर्न, माछा मार्न, घाँस दाउरा, चरिचरण जस्ता सुविधाबाट बन्चित हुनुपरेको भन्दै समुहले यस विषयमा ज्ञापनपत्र मार्फत् ध्यानाकर्षण गराएको हो । मध्यवर्र्ति क्षेत्रका वासिन्दाहरुले आधारभुत न्युनतम आवश्यकताहरु समेत पुरा गर्न नपाएको गुनासो गरेका छन् । मध्यवर्ति क्षेत्रका सुरक्षाकर्मिले विभिन्न प्रकारका दुःख दिन गर्नाले जिविकोपार्जनमा नै समेत समस्या भएको समुहका संयोजक राम बहादुर लोप्चनले बताउनुभयो ।
निकुन्जबाट आएका हात्तीले मानवीय क्षतीका साथै वाली नाली र बास समेत भत्काउने समस्या भोग्दै आएका छन । यस आर्थिक वर्षमा मात्रै मध्यवर्ति क्षेत्रमा ४ जनाको बाघको आक्रमण बाट मृत्यु भैसकेको छ । साग, सिस्नो, लगायतको जङ्गली कन्दमुल संकलन तथा उपयोग÷उपभोग गर्न पाउनु पर्ने बोटे, माझी, चेपाङ्ग थारु समूदायलाई माछा मार्न अनुमति पत्र दिनुपर्ने, आवश्यक काठ दाउरा, गिटी, ढुंगा वालुवा संकलन तथा उपभोग पाउनु पर्ने, जंगली वन्यजन्तुबाट सम्भावित दुर्घटनाको २० लाख विमांक रकमको निशुल्क व्यवस्था मिलाउनु गर्नुपर्ने, विमा नगरिएसम्म वन्यजन्तुको आक्रमणकबाट घाइते भएमा पुर्ण उपचार र मृत्यु भएमा दश लाख राहत दिने व्यवस्था मिलाउनु पर्ने लगायतका माग ज्ञापनपत्रमा उल्लेख छ ।














