प्रारम्भिक संस्कृत व्याकरण पुस्तकको विमोचन

संवाददाता
२४ माघ २०८०, बुधबार १९:१३

२४ माघ, हेटौँडा । शिक्षाप्रेमी उदीम पन्तद्धारा लिखित प्रारम्भिक संस्कृत व्याकरण पुस्तकको बुधबार विमोचन गरिएको छ ।
साहित्यसंगम र सिसनुपानी नेपालको सभाहलमा एक कार्यक्रमकाबीच रजैया अग्निहोत्र आश्रममका सञ्चालक डा. सिताराम खनालको प्रमुख आतिथ्यतामा पुस्तकको विमोचन गरिएको हो । विश्वका अधिकांश भाषाको जननी संस्कृत रहेको बताउँदै भाषा विकृत हुन नदिन पुस्तक लेखन गरेको पन्तले बताउनुभयो । प्राथमिक तहदेखि नै संस्कृतको भाषा बुझाउन पुस्तक प्रभावकारी हुने उहाँको दाबी छ ।
पुस्तकमाथि डा. खनाल र साहित्यकार ह्यग्रीव आचार्यले धारणा राखेका थिए । पुस्तकको समिक्षा गर्दै प्रमुख अतिथि डा. खनालले पुस्तक पठनीय रहेको बताउनुभयो । संस्कृत व्याकरण वेदको प्रमुख अंगको रहेको उहाँले बताउनुभयो । पछिल्लो समय युरोपियन देशहरुमा समेत संस्कृत भाषाको अनुसन्धान, अध्ययन अध्याापन भैरहेको तर, नेपालमा भने संस्कृत विषय हराउँदै गएकोमा डा. खनालले चिन्ता जनाउनुभयो । सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलको अध्यक्षतामा विमोचन कार्यक्रम भएको हो । संस्कृत र अंग्रेजी भाषामा विशेष दख्खल हासिल गर्नुभएका पन्त हाल शिक्षण पेसामा सक्रिय हुनुहुन्छ । उहाँ पत्रकार देवराज पन्तका पिता हुनुहुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*