प्रेस चौतारी नेपालको स्थापना दिवसको अवसरमा हेटौंडामा प्रभातफेरी
२२ माघ, हेटौँडा । प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा सोमबार बिहान हेटौंडामा प्रभातफेरी कार्यक्रम गरेर मनाइएको छ ।
प्रेस चौतारी नेपाल मकवानपुर शाखाको आयोजनामा भएको प्रभातफेरी सिमाचोकबाट सुरु भएर बुद्धचोकमा गई पुनः सिमाचोकमा आएर सभामा परिणत भएको थियो । सभामा पत्रकार महासंघ बागमती प्रदेशका महासचिब कृष्ण सारु मगर, प्रेस चौतारी नेपाल बागमती प्रदेशका महासचिव प्रकाश दाहाल, पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष धु्रब अधिकारी, प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास विडारी लगायतकाले शुभकामना दिवसका अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

प्रेस चौतारी नेपाल मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको हो ।














