फागुन १५ गते प्रदेशसभाको हिउँदे अधिवेशन आह्वानको लागि सिफारिस गर्ने निर्णय
८ फागुन, हेटौँडा । बागमती प्रदेश सरकारले फागुन १५ गते प्रदेशसभाको हिउँदे अधिवेशन आह्वानको लागि सिफारिस गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले फागुन १५ गते दिउँसो ३ बजेको लागि प्रदेशसभा बैठक आह्वान गर्न प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष सिफारिस गर्ने निर्णय गरेको आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामाले जानकारी दिनुभयो । फागुन १३ गते प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुबीच सर्वदलीय बैठक बोलाइएको उहाँले बताउनुभयो । सर्वदलीय बैठक सरकारको तर्फबाट प्रदेशसभाका सभामुखले डाक्ने गरी संसद् सचिवालयलाई पत्राचार गरिने मन्त्री लामाले बताउनुभयो ।
प्रदेश स्वयम्सेवक ब्युरो गठन गर्ने कार्यविधि बैठकबाट पास भएको मन्त्री लामाले जानकारी दिनुभयो । उहाँले शिक्षा नीति २०८० समेत बैठकबाट स्वीकृत भएको बताउनुभयो । यसैगरी मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ४ करोड बजेट दिने निर्णय समेत बैठकले गरेको मन्त्री लामाले जानकारी दिनुभयो । बाइटः मन्त्री लामा मन्त्रीपरिषद् बैठकले समस्याग्रस्त सहकारी संस्थाहरुको व्यवस्थापनका लागी गठन भएको बोर्डलाई अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।














