बंशगोपाल माविको अभिभावक भेला सम्पन्न
२८ फागुन, हेटौडा । हेटौडा–६, चौघडामा रहेको बंशगोपाल माध्यमिक विद्यालयको १८ औं अभिभावक भेला सोमवार सम्पन्न भएको छ ।
हेटौडा उपमहानगरपालिका उपमेयर राजेश बानियाँको प्रमुख आतिथ्यता एवम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष श्याम प्रसाद श्रेष्ठको सभाध्यक्षतामा भेला भएको हो ।
अभिभावक भेलामा विद्यालयका प्राचार्य रमेश प्रसाद लामिछानेले विद्यालयको शैक्षिक, आर्थिक तथा भौतिक प्रतिवेदन पेश गरेका थिए ।
भेलामा विद्यालयको अक्षयकोषमा सहयोग गर्ने पूर्व विद्यार्थी रमेश चौलागाई,भरत सापकोटा, उत्कृष्ठ शिक्षकहरुमा सम्झना राई, सरोज लामिछाने, अस्मिता राई, सावित्री दुलाल र उत्कृष्ठ विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।भेलाको अवसरमा हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले छात्रवृति वितरण गरेको छ । समूहले कक्षा ११ मा अध्ययनरत अन्जु मुक्तान र सविना राईलाई जनही ५÷५ हजारका दरले छात्रवृति वितरण गरेको समूहकी सचिव नानीमायाँ रुम्बाले बताईन ।
भेलामा डिभिजन वन कार्यालय, मरिणका प्रमुख अजय विक्रम मानन्धर, हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहाल, हेटौडा उपमहानगरपालिका शिक्षा विकास महाशाखा प्रमुख हरिचन्द्र सापकोटा, वडा सदस्य विजय पौडेल, लेखराज ढकाल, मुना विक., भूमि आयोग मकवानपुरका विज्ञ सदस्य अर्जुन प्रसाद चौलागाई, विद्यालयका पूर्व अध्यक्ष त्रिविक्रम मानन्धर, बालकृष्ण चौलागाई, बंशगोपाल बहुमुखी क्याम्पस अध्यक्ष उज्ज्वल चौलागाई, नेपाल पत्रकार महासंघ, बागतमी प्रदेश उपाध्यक्ष रुपेश दुलाल, मकवानपुर अध्यक्ष मणीराज गौतम, रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, न्यूरेनी चिसापानी सामुदायिक वनका अध्यक्ष प्रकाश कार्की, मक्राञ्चुली सहकारीका अध्यक्ष कृष्ण धिताल, बंशगोपाल दुग्ध उत्पादक सहकारीका उपाध्यक्ष बेशव धिताल लगायतको सहभागिता रहेको थियो ।
मकवानपुरको पूर्वी क्षेत्रको शैक्षिक गहनाको रुपमा रहेको यस विद्यालयमा ८ सय ५० विद्यार्थीहरु अध्ययनरत रहेको विद्यालयले जनाएको छ ।














