बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समितिको प्रतिवेदन प्रदेशसभामा पेश

संवाददाता
२९ फाल्गुन २०८०, मंगलवार १८:११

२९ फागुन, हेटौँडा । मंगलबारको लागि बोलाइएको बागमती प्रदेशसभाको बैठक १० मिनेट बसेर स्थगित भएको छ ।
बैठकमा बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समितिको प्रतिवेदन पेस गरिएको थियो । समितिका संयोजक नेपाली कांग्रेस संसदीय दलका सचेतक गोविन्द लम्सालले संसद बैठकमा प्रतिवेदन पेस गर्नुभएको थियो । उहाँले पेस गरेको प्रतिवेदन माथि छलफल गरी पारित गरिनेछ र सो अनुसार प्रदेश सरकारलाई संसदले निर्देशन दिनेछ ।
समितिले वाग्मती प्रदेशका सभामुख भुवन पाठकलाई प्रतिवेदन हस्तान्तरण गर्दै रकमान्तर गरेर भएपनि चैतबाटै विपक्षीको योजना समेट्न निर्देशन दिएको छ । बैठकमा प्रदेश हस्तकला ग्राम स्थापना सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाइएको छ । प्रदेशसभाको अर्को बैठक फागुन ३० गते दिनको ३ बजे बस्ने गरी स्थगित भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*