बागमतीका मुख्यमन्त्री लामाले पाए विश्वासको मत

संवाददाता
१५ श्रावण २०८१, मंगलवार १८:१३

१५ श्रावण, हेटौँडा । बागमती प्रदेशको पाँचौं मुख्यमन्त्रीका रुपमा नियुक्त नेपाली काँग्रेस संसदीय दलका नेता बहादुर सिं लामाले बागमती प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ ।
लामाले संबिधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत प्राप्त गर्न संसदमा राखेको प्रस्ताब बहुमतले पारित भएको छ । सभामुख भुवन पाठकले मुख्यमन्त्री लामाले राख्नुभएको विश्वसको मत सम्बन्धि प्रस्ताब बहुमतले पारित भएको घोषणा गर्नुभयो । प्रस्ताबको पक्षमा ६४ मत र विपक्षमा ३५ मत खसेको थियो ।
विश्वासको मत पाएसंगै टिम टेलिभिजनसंग कुराकानी गर्नुहुँदै मुख्यमन्त्री लामाले जनतालाई सुशासनको प्रत्याभुति दिलाउनु नै सरकारको प्रमुख जिम्मेवारी भएको बताउनुभयो । कर प्रणालीलाई सुस्त, दुरुस्त बनाएर सरकारको आम्दानीको स्रोत बढाउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रदेशको एकल अधिकारलाई सुनिश्चित गर्ने सवालमा सरकार अघि बढ्ने समेत मुख्यमन्त्री लामाले बताउनुभयो ।
बागमती प्रदेश सभामा रहेका ७ दल मध्य नेपाली कांग्रेस र एमाले दुई दलले मात्रै लामालाई विश्वासको मत दिएका थिए । नेमकिपाका ३ सदस्य भने तटस्थ रहेका थिए । एकसय १० प्रदेश सभा सदस्य रहेको बागमती प्रदेश सभाको आजको बैठकमा १ सय ३ सदस्य मात्रै उपस्थित थिए । बैठकमा माओवादी केन्द्रको १, राप्रपाको ३ र हाम्रो नेपाली पार्टीका सांसद् भने अनुपस्थित रहेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*