बागमतीको मुख्यमन्त्रीद्वारा राजीनामा, प्रदेश प्रमुखद्वारा नयाँ सरकार गठन गर्न आह्वान (भिडियो सहित)
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले राजीनामा दिएपछि बागमती प्रदेशमा पहिलो पटक नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन हुने भएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले पनि साउन ८ गते बेलुका ५ बजेसम्म नेपालको संविधानको धारा १६८ (२) अनुसार मिलिजुली सरकार गठनको आह्वान समेत गर्नुभएको छ । ३७ सिट सहितको ठुलो दल नेपाली कांग्र्रेसलाई २७ सिट रहेको संसदकै दोस्रो ठूलो दल नेकपा एमालेले सरकार गठनमा सहयोग गरेपछि तीन पटक विश्वासको मत पाएका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले राजिनामा दिने परिस्थितिमा पुग्नुभएको हो ।
एक रिपोर्ट














