बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका बहादुर सिं लामाको दाबी पेश

संवाददाता
८ श्रावण २०८१, मंगलवार १३:२९

८ श्रावण, हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाल कांग्रेसका संसदीय दलका नेता बहादुर सिं लामाले दावी पेश गर्नुभएको छ ।
मंगलबार प्रदेश प्रमुख कार्यालयमा एमाले र कांग्रेसका ६४ सांसदको समर्थनमा लामाले मुख्यमन्त्रीमा दावी पेश गुर्नभएको हो । लामालाई मुख्यमन्त्री बनाउन नेपाली कांग्रेसका ३७ र एमालेका २७ सांसदले हस्ताक्षर गरी दाबी पेश गरिएको छ । दाबी पेश गर्न कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, एमाले संसदीय दल नेता जगन्नाथ थपलिया लगायतको उपस्थिति थियो । १ सय १० प्रदेश सभा सदस्य रहेको बागमतीमा मुख्यमन्त्रीका लागि बहुमत जुटाउन ५६ मत आवश्यक पर्छ । जुन सहज रुपमा पुगेको छ । बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले साउन ८ गते साँझ ५ बजेभित्र संविधानको धारा १६८ को २ अनुसार सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*