बागमतीमा १३ लाख ५० हजार भेडाब्राखालाई पिपिआर खोप लगाइँदै

संवाददाता
१५ फाल्गुन २०८०, मंगलवार २०:२३

१५ फागुन, हेटौँडा । बागमती प्रदेश सरकारले यहि फागुन १६ गतेदेखि २२ गतेसम्म पीपीआर रोग विरुद्ध सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्ने भएको छ ।
मन्त्रालयले मगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै बागमती प्रदेशका १३ वटै जिल्लाका भेडाबाख्रालाई पीपीआर रोगका विरुद्ध खोप प्रदान गर्न लागिएको जानकारी गराएको हो । अभियान अन्तर्गत मन्त्रालयले प्रदेश भित्रका १३ लाख ५० हजार भेडाबाख्रालाई पीपीआर खोप लगाउने लक्ष्य लिएको छ । बागमती प्रदेशमा २६ लाख ७७ हजार २ सय २५ बाख्रा र ५१ हजार ४ सय २० भेडा रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले जानकारी दिनुभयो । पीपीआर विरुद्धको खोप अभियान कार्यक्रम बागमती प्रदेशका १३ वटै जिल्लाहरुमा एकै समयमा संचालन गरिने मन्त्रालयले जनाएको छ । मन्त्रालयले यस अघि प्रदेशका १८ लाख १० हजार भेडा बाख्रालाई यो गोग विरुद्ध खोप दिइसकेको मन्त्रालयका सचिव राजेन्द्र कोइरालाले जानकारी दिनुभयो ।
मन्त्रालयले खोप अभियान सञ्चालनका स्थानीय तहको समन्वयमा खोप केन्द्र निर्धारण तथा भ्याक्सिनेटर नियुक्ति गर्ने कार्य सकिएको सचिव कोइरालाले बताउनुभयो । यो रोग विरुद्धको खोप ३ महिना उमेर माथिका सबै भेँडाबाख्रालाई लगाउनपर्ने उहाँले बताउनुभयो । नेपालमा यस रोगले गर्दा वर्षेनी २० अर्बको क्षती हुने गरेको अनुमान छ । यो रोग लागेका भेडाबाख्रामा उच्च ज्वरो आउने, नााकबाछ पानि बग्ने, आँखा रातो हुने कचेरा आउने, रगत मिश्रित पखाला लाग्ने, स्वाश्प्रश्वासमा समस्या आउने, निमोनिया हुने र रोग लागेको ५ देखि १० दिनमा मृत्यु हुने गरेको छ । रोग नियन्त्रणको प्रभावकारी उपाय नै पिपिआर विरुद्ध खोप रहेको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*