बागमती प्रदेशका ६ लाख ६८ हजार परिवार कृषक

संवाददाता
२० कार्तिक २०८०, सोमबार १७:४८

२० कार्तिक, हेटौँडा । बागमती प्रदेशका ६ लाख ६८ हजार १ सय ७७ कृषक परिवार कृषि कार्यमा लागेको पाइएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयको राष्ट्रिय कृषिगणना, २०७८ को प्रदेशस्तरीय नतिजा अनुसार बागमती प्रदेशका घरपरिवारमध्ये ४२.५ प्रतिशत कृषक परिवार रहेको पाइएको हो । प्रदेशको २ लाख ८२ हजार दुई सय ९२ हेक्टर जग्गामा कृषि कार्य गरेको देखिएको छ । अध्ययनले प्रदेशमा मुख्य बालीको रुपमा मकै लगाउने गरेको पाइएको छ । प्रदेशको १ लाख ३८ हजार हेक्टर क्षेत्रफलमा मकै लगाउने गरेको पाइएको हो । धान १ लाख ४ हजार हेक्टरमा लगाउँदा गहुँ खेती भने २४ हजार ५ सय हेक्टरमा लगाउने गरेको तथ्यांक छ । प्रदेशमा केरा लगाउने परिवारको संख्या सबैभन्दा बढी छ ।
१ हजार १ सय २० हेक्टरमा केरा लगाउने लगाउने गरेको पाइएको छ । प्रदेशमा उन्नत गाई भैशीको संख्यामा उल्लेख्य बृद्धि भएको छ । गाई गोरुको संद्यया ५ लाख ८५ हजार, राागा–भैंसीको संख्या करीब ४ लाख ५४ देखिएको छ । प्रदेशमा कृषि उत्पादनले वर्षभरी खान पुग्ने परिवारको संख्या ४४.१ प्रतिशत छ ।
तथ्यांक अनुसार कृषि बीमा, सरकारी अनुदानमा किसान अनविज्ञ रहेको देखाएको छ । प्रदेशमा १०.३ प्रतिशत किसानले कृषि बीमा गरेका छन् । ८ प्रतिशत किसानले सरकारी अनुदान लिएका छन् । प्रदेशका कृषि तथा पशुपन्क्षी मन्त्री राजेन्द्रमान श्रेष्ठको प्रमुख आतिथ्यतामा नतिजा सार्वजनिक गरिएको हो । राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख डिल्लिप्रसाद जोशीको अध्यक्षतामा कार्यक्रम भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*