बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई राजीनामा नदिन सुझाव

संवाददाता
२४ असार २०८१, आईतवार १९:१२

२३ असार, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई तत्काल पदबाट राजिनामा नदिन संसदीय दल र माओवादी केन्द्र बागमती प्रदेशले सुझाब दिएको छ ।
कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्य गर्ने सहमती भएपछि नेकपा एमाले बागमती प्रदेशमा सरकारबाट बाहीरिने तयारी गरिरहेको परिस्थीतीमा माओवादी केन्द्र संसदीय दलले तत्काल राजीनामा नदीई विश्वासको मत लिन मुख्यमन्त्रीलाई सुझाब दिएको हो । माओवादी केन्द्र बागमती प्रदेश ईन्चार्ज अग्नी सापकोटा सहित प्रदेशका नेता र संसदीय दलको आईतबार काठमाडौँमा बसेको बैठकले मुख्यमन्त्रीले राजिनामा नदीई विश्वसाको मतको सामना गर्ने निर्णय गरेको नेकपा माओवादी केन्द्र बागमती प्रदेशका मुख्य सचेतक रत्नप्रसाद ढकालले बताउनुभयो ।
गत चैत्र १७ गते एमाले सहितका माओवादी केन्द्र, नेकपा एकीकृत समाजबादी र हाम्रो नेपाली पार्टी चार दलको सहमतीमा मुख्यमन्त्री बन्नु भएका शालिकराम जम्मकट्टेलले सरकार बनाउन आवश्यक ५६ मत मात्रै प्राप्त गरी विश्वासको मत लिनुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*