बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले डा. प्रबीण श्रेष्ठलाई हाजिर गरायो
१४ जेठ, हेटौँडा । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले बीर अस्पतालबाट सरुवा भई आउनुभएका डाक्टर प्रबीण श्रेष्ठलाई हाजिर गराएको छ ।
मन्त्रालयका सचिब बद्री बहादुर खड्काले यसअघि हाजीर गराउन नमिल्ने भन्दै श्रेष्ठलाई हाजिर गराउन नसकिने ब्योहोराको पत्र थमाएका थिए । यस बिरुद्ध श्रेष्ठ सर्बोच्च अदालत गएका थिए । सर्बोच्चका न्यायधिश टेक प्रसाद ढुंगानाको इजलाशले श्रेष्ठलाई हाजिर गराउन गत जेठ ९ गते अन्तरिम आदेश जारी गरेको थियो । श्रेष्ठलाई सोमबार मात्रै हाजिर गराइएको छ ।
उनले हाजीर गरेसंगै स्वास्थ्य मन्त्रालयमा २ जना सचिब कार्यरत छन् । हालका सचिब खड्कालाई समेत अवकाश अवधि ६ महिना मात्रै बाँकी रहेको भन्दै तत्काल पदबाट नहटाउन सर्बोच्च अदालतले अन्तरिम आदेश दिएको थियो ।














