बागमती प्रदेशमा नेकपा एमालेले गर्यो पाँच मन्त्रालयमा दावि
१६ चैत्र, हेटौंडा । नयाँ सत्ता गठवन्धनका लागि बहुमत पुगेकाले प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालय सहित बिभीन्न मन्त्रालयमा एमालेका मन्त्रीहरु नियुक्तीको लागि अन्तिम तयारी थालिदै छ ।
एमालेका तर्फबाट एसअघि एमाले सहितको गठवन्धनको समयमा मन्त्री बनेकाहरुलेनै मन्त्री पद पाउने संभावना बडी रहेको नेताहरुले बताएका छन् । एमालेका तर्फबाट मन्त्री बन्नेहरुको नाम केन्द्रका नेताहरुले तोकेपछी मात्र मन्त्रीहरु नियुक्त गरिने भएको छ ।
सकेसम्म एकै चरणमा र नसके दुइ चरणमा गरेर एमालेका तर्फबाट मन्त्रीहरु नियुक्त गर्न लागिएको हो । अहिलेको नयाँ गठवन्धनको बागमती प्रदेश सरकारमा एकिकृत समाजवादीका तर्फबाट मन्त्रीहरु पहिले देखिनै काम गर्दै आएका छन् । हाम्रो नेपाली पार्टीका तर्फबाट हिजो मात्र शैलेन्द्रमान बर्जाचार्य प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रीका रुपमा पदभार ग्रहण गरिसक्नु भएको छ ।
अबको दुइ दिन भित्रमा एमालेका तर्फबाट पनि मन्त्री नियुक्तीका लागि नाम आइसक्ने बताइएको छ । एमालेले बागमती प्रदेशमा पाँच मन्त्रालय दावि गरेको एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले बताउनुभयो ।
एमालेले पाँच मन्त्रालयमा दावि गरिरहँदा नेकपा माओबादी केन्द्रका एक जना मन्त्रीलाई राजिनामा गराउनेगरी छलफल पनि चलिरहेको छ । तर, माओबादीका कुन् मन्त्रीलाई राजिनामा गराउने भन्ने टुङ्गो लागिसकेको छैन ।














