बागमती प्रदेशसभाको हिउँदे अधिवेशन बुधबार राती १२ बजेदेखि अन्त्य हुने

संवाददाता
१२ बैशाख २०८१, बुधबार १८:३५

१२ वैशाख, हेटौँडा । बागमती प्रदेश सभाको चालू हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुने भएको छ ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाको चालू हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट लागू हुने गरी अन्त्य भएको घोषणा गर्नुभएको हो । यसअघि बुधबार दिउँसो बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले चालू अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद बैठकले प्रदेश सरकारी कामकाजको भाषा सुभारम्भ गर्ने निर्णय पनि गरेको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गंगा नारायण श्रेष्ठले जानकारी दिनुभयो । वैशाख २४ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंको बसन्तपुरमा एक सार्वजनिक समारोहलाई सम्बोधन गर्दै प्रदेश सरकारी कामकाजको भाषा सुभारम्भ गरिने मन्त्री श्रेष्ठले जानकारी दिनुभयो । २४ गतेदेखि नै लागू हुने गरि बागमती प्रदेश मातहतका सरकारी कार्यालयका लेटर हेड र साईनबोर्डमा नेपाल भाषा र तामाङ भाषा प्रयोगमा ल्याइने भएको छ । सोही दिन बागमती प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय समेत भएको मन्त्री श्रेष्ठले बताउनुभयो ।
बैठकले श्रम रोजगार तथा यातायात मन्त्रीको संयोजकत्वमा विभिन्न मन्त्रालयका सचिव, विज्ञ सदस्य रहने गरि प्रदेश श्रम सल्लाहकार परिषद् गठन गरेको छ । बागमती प्रदेशमा सरकारी तथा सामुदायिक भवन वा कुनै किसिमको भौतिक संरचना निर्माण गर्दा स्वदेशमै उत्पादन भएको काठ अनिवार्य प्रयोग गर्नुपर्ने निर्णय गरेको छ ।
यसैगरी बैठकले स्थानीय तहमा हस्तान्तरण हुने वित्तिय समानिकरण अनुदान रकम स्वीकृत, बागमती प्रदेश स्तरीय सरकारी पदाधिकारी तथा कर्मचारीको कार्यकक्षको स्तरीकरण सम्बन्धि मापदण्ड स्वीकृत, लैगिक तथा यौनिक अल्पसंख्यक नीति २०८१ स्वीकृत गरेको छ ।
सामाजिक विकास मन्त्रालयबाट अािर्थक वर्ष २०७८÷७९ भुक्तानी हुन बाँकी रकम भुक्तानीका लागि स्वीकृती प्रदान गर्ने निर्णय भएको मन्त्री श्रेष्ठले जानकारी दिनुभयो । वैठकले गोताखोर तामिलका लागि शसस्त्र प्रहरी बललाई ३० लाख रकमान्तरण गर्ने, आन्तरिक मामिला तथा कानुन मन्त्रालय मार्फत् जिल्ला अदालत मकवानपुरलाई ५ लाख रकम दिने निर्णय गरेको छ । बैठकले विपद् स्वयंसेवक समूह निर्माण तथा परिचालनका साथै प्रदेश उच्च शिक्षा नियमावली २०७९ को पहिलो संसोधन स्वीकृत गर्ने निर्णय गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*