बागमती प्रदेश सरकारले भूकम्प पीडितलाई एक करोड ५० लाख दिने

संवाददाता
१८ कार्तिक २०८०, शनिबार १२:३५

१८ कार्तिक, हेटौँडा । जाजरकोट र रुकुम पश्चिमका भुकम्प पीडितलाई बागमती प्रदेश सरकारले एक करोड ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
भुकम्प पिडितहरुको तत्काल प्रभावकारी उद्धार, उपचार, राहत तथा पुर्नस्थापनाका लागि बागमती प्रदेश सरकारले कर्णाली प्रदेश सरकारलाई सहयोग उपलब्ध गराउने भएको हो । आपतकालिन अवस्थामा रहेको कर्णालीलाई उक्त रकम उपलब्ध गराउने निर्णय भएको प्रदेश सरकारद्धारा जारी विज्ञप्तीमा भनिएको छ । विपद्को घडीमा बागमती प्रदेश सरकार कर्णली प्रदेश सरकार सँगसँगै रहने बागमती प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री गंगा नारायण श्रेष्ठद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । भुकम्पका कारण ठूलो मात्रामा धनजनको क्षती पुगेकोमा दुःख व्यक्त गर्दै नागरिक समाज, विभिन्न गैरसरकारी संस्थालाई आवश्यक सहयोगका लागि प्रदेश सरकारले आग्रह समेत गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*