बागमती प्रदेश स्तरीय एकीकृत प्रारम्भिक बालविकास रणनीतिको अन्तिम मस्यौदा तयार

संवाददाता
२९ माघ २०८०, सोमबार १९:१४

२९ माघ, हेटौँडा । बागमती प्रदेश स्तरीय एकीकृत प्रारम्भिक बालविकास रणनीतिको अन्तिम मस्यौदा तयार पारिएको छ ।
सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता मन्त्रालयका निमित्त सचिव खुविराम अधिकारीको अध्यक्षतामा सोमबार विभिन्न मन्त्रालय एवं सरोकारवालाको सहभागितामा बृहत छलफल गरी मस्यौदालाई अन्तिम रुप दिने कार्य भएको हो । कार्यक्रमको उद्घाटन गर्नुहुँदै मन्त्री मोक्तानले मस्यौदाले प्रारम्भिक बालबालिकाको सर्वाङ्गीण विकास गरी समृद्ध प्रदेश बनाउन महत्वपुर्ण योगदान पुग्ने बताउनुभयो । त्यसैगरी सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख गोपाल प्रसाद कडेलले घर बलियो जगले, राष्ट्र बलियो प्रारम्भिक बालविकासले भन्ने मुल नारालाई पुर्णता दिनका लागि यो रणनीति महत्वपुर्ण रहेको बताउनुभयो । प्लान इन्टननेशनल नेपाल र मावन तथा राष्ट्रिय विकास समाजको सहयोग तथा सामाजिक विकास मन्त्रालयको अगुवाईमा मस्यौदा तयार पारिएको हो । छलफलमा सहभागीहरुले बालबालिकाका लागि सुरक्षा संरक्षण सहितको विशेष व्यवस्था गर्ने, एकीकृत योजना र कार्यक्रम तर्जुमा तथा बजेट विनियोजन गरी सवै पक्षको लगानीलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका थिए ।


उमेर अनुसार सर्वाङ्गीण विकासको लागि गुणस्तरीय एकीकृत सेवा प्रदान गर्ने, बालविकासका लागि कानूनी, संस्थागत तथा संरचनागत संयन्त्र निर्माण गर्ने लगायतको नीतिमा यो रणनीति केन्द्रित छ । मस्यौदामा रणनीति सामाजिक विकास मन्त्रालयको मन्त्रीको अध्यक्षतामा प्रदेश प्रारम्भिक बालविकास समिति मार्फत कार्यान्वयन गर्ने व्यवस्था छ । स्थानीय स्तरमा पालिका प्रमुख र वडामा वडा अध्यक्षको अध्यक्षतामा प्रारम्भिक बालविकास समिति रहने र उक्त समितीले रणनीति कार्यान्वयनको अगुवाई गर्ने नीतिगत व्यवस्था रहेको छ । मस्यौदा तयारीको क्रममा विभिन्न भौगोलिक क्षेत्रको सुझाव प्राप्त गर्ने उद्देश्यले दुधौली नगरपालिका, सिन्धुली, रत्ननगर नगरपालिका, चितवन, गोसाइकुण्ड गाउपालिका रसुवा र ललितपुर महानगरपालिकामा अन्तक्रिया कार्यक्रम गरी विभिन्न क्षेत्रवाट सुझाव सकलन गरीएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*