बागलुङमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

संवाददाता
५ चैत्र २०८०, सोमबार २०:५२

५ चैत्र, काठमाडौँ । रुकुम पूर्वबाट काठमाडौंका लागि छुटेको रात्रीकालिन बस सोमबार बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।
त्यस्तै दुर्घटनामा परी २५ जना भन्दा बढी घाइते भएको बागलुङ प्रहरी प्रमुख एसपी ऋषिराम कँडेलले जानकारी दिनुभयो । बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस सडकबाट करिब ३ सय मिटर तल खसेको छ । गाडीमा ३२ जना यात्रु थिए ।
घाइतेलाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र पु¥याइएको प्रमुख कँडेलले जानकारी दिनुभयो । दुर्घटनामा परेका यात्रुको खोजी कार्य जारी रहेकाले मृतक र घाइतेको पहिचान भइसकेको छैन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*