बालजागृती युवा वर्ष माविको वार्षिक अभिभावक भेला सम्पन्न
२० माघ, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ स्थित बालजागृती युवा वर्ष माध्यामिक विद्यालयको वार्षिक अभिभावक भेला सम्पन्न भएको छ ।
हेटौंडा–६ का वडाध्यक्ष विष्णुबहादुर दाहालको प्रमुख आतिथ्यतामा शनिबार विद्यालय प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरि भेला भएको हो । कायक्रममा उत्कृष्ट अभिभावक, उत्कृष्ट शिक्षक सम्मान गरिनुका साथै अभिभावक दिवसको अवसरमा आयोजित विभिन्न खेल प्रतियोगितामा विजयी हुने विद्याथी, अनुशासित तथा जेहेन्दार विद्यार्थीलाई पुरस्कृत समेत गरिएको थियो । उक्त अवसरमा विद्यालय व्यवस्थापन समितिको संस्थापक अध्यक्ष तीलक प्रसाद दुलाल, विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर कामय गर्न सहयोग पु¥याई अभिभावकत्व प्रदान गर्ने व्यवस्थापन समितिका सदस्य पदमलाल दुलाललाई सम्मान गरिएको थियो । त्यस्तै, विद्यालयको स्थापना कालदेखिनै कार्यरत शिक्षक शिव प्रसाद चौलागाईलाई उत्कृष्ट शिक्षकको रुपमा सम्मानित गरिएको विद्यालयकी प्रधानाध्यापक सम्झना अधिकारीले जानकारी दिनुभयो । उत्कृष्ट अभिभावको रुपमा कविता चौलागाई सम्मानित हुनुभएको छ ।
कार्यक्रममा प्रधानाध्यापक अधिकारीले विद्यालयको प्रगति प्रतिवेदन, लेखापाल सुजया सुवेदीले लेखा प्रतिवेदन, विद्यालय व्यवस्थापन समिति अध्यक्ष कुमार तिमल्सिनाले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमा हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाका अधिकृत रमेश बिडाँरी, पत्रकार महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतम, वडा सदस्य विजय पौडेल, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीका साथै शिक्षक, अभिभावक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।














