बालबालिकाहरुको अपाङ्गता पहिचान पश्चात बृहत स्वास्थ्य परिक्षण

संवाददाता
१२ जेष्ठ २०८२, आईतवार १८:५१

११ जेठ, हेटौँडा । विद्यालयको बालबालिकाहरुको अपाङ्गता पहिचान पश्चात बृहत स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
मकवानपुरको मनहरी गाउपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजना र मनहरी अस्पतालको सहयोगमा स्वास्थ्य परिक्षण कार्यक्रम भएको हो । गाउपालिकामा रहेको ३२ वटा सामुदायिक विद्यालय र ८ वटा निजी विद्यालयका कक्षा ५ सम्म अध्ययनरत् कुल ६ हजार छात्र तथा छात्राहरुलाई अपाङ्गता सम्बन्धमा वासिङ्टन प्रश्नावली गरिएको थियो । जस अन्र्तगत २ सय १५ जना विद्यार्थीहरुमा संङ्क्रमण देखिएको गाउँपालिकाका शिक्षा अधिकृत प्रदिप पराजुलीले बताउनुभयो ।
जेठको ९ र ११ गते गरिएको स्वास्थ्य परिक्षणमा धेरै जसो विद्यार्थीहरुमा मानसिक समस्या देखा परेको मनहरी अस्पतालका डाक्टर रश्मी झा ले बताउनुभयो ।
विद्यार्थीहरुमा एनजाईटि, डिप्रेशन जस्ता समस्याहरु देखिनुमा पारिवारीक कारण रहेको डा झाले बताउनुभयो । यसका लागी विद्यालय शिक्षामात्र नभई अभिभावकहरु पनि सुसुचित हुनुपर्ने शिक्षा शाखा अधिकृत पराजुलीले बताउनुभयो । विद्यार्थीहरुमा यस्ता खालका समस्याहरु बढी देखिन थाले पछि मनोरोग विशेषज्ञको आवश्यकता देखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*