भुटनदेवी मन्दिरमा फुलपाती भित्राइयो
४ कार्तिक, हेटौँडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० स्थित भुटनदेवी मन्दिरमा फुलपाती भित्राइएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० स्थित गोरेक्षश्वर मन्दिरमा राखिएको जमरासहितको शोभायात्राको टोलीले स्थानीय भुटनदेवी मन्दिरको दसैँघरमा आज बिहान धार्मिक विधि अनुसार फूलपाती भित्राइएको हो । नेपाली सेनाको म्याउली बाजा र नेपाल प्रहरीको ब्याण्ड बाजा, झाक्री र धार्मिक भक्तजनहरु सम्मिलीत शुभयात्राले फुलपाती भित्राइएकोे हो । फुलपाति लिन मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यराज सेढाई, बागमती प्रदेश प्रहरी नायव महानिरीक्षक किरण राणा, मकवानपुरका प्रहरी उपरीक्षक सिताराम रिजाल, नेपाली सेनाका उच्च अधिकृतहरु, स्थानीय समाजसेवी, धार्मिक भक्तजन र राजनीतिक दलका प्रतिनिधिहरु गोरेक्षश्वर मन्दिरमा पुगेका थिए ।














