भुटनदेवी माविको ५७ औं अभिभावक भेला सम्पन्न
२९ पुस, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ मा रहेको भुटनदेवी माध्यमिक विदालयको प्राविधिक भवन उद्घाटन एवं ५७ औं अभिभावक भेला सम्पन्न भएको छ ।
बागमती प्रदेशका पुर्व श्रम, रोजगार तथा यातायात मन्त्री एवं प्रदेशसभा सदस्य एकालाल श्रेष्ठले भवन र भेलाको उद्घाटन गर्नुभएको हो । २०७६ सालदेखि निर्माण थालिएको ९ कोठे भवन निर्माणमा एक करोड ७८ लाख खर्च भएको विद्यालयले जनाएको छ । उक्त भवनमा कक्षा ११ र १२ को सिटिइभिटिको कक्षा सञ्चालन भैरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फुर्वा दोर्जे लामाले जानकारी दिनुभयो । कार्यक्रममा विद्यालयका विभिन्न प्रतियोगिता तथा शैक्षिक गतिविधिमा उत्कृष्ट हुने छात्रछात्रालाई पुरस्कार समेत वितरण गरिएको थियो । यसैगरी विद्यालयले पत्रकारिता क्षेत्रबाट शैक्षिक गतिविधिमा योगदान पु¥याएको भन्दै पत्रकार जमुना थिङलाई सम्मान गरको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका पूर्व राज्यमन्त्री जुनेली श्रेष्ठ, हेटौंडा–४ का वडा अध्यक्ष नविन सिग्देल, हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महासाखाका प्रमुख हरिशचन्द्र सापकोटा लगायतकाको आतिथ्यता थियो ।














