मकवानपुरगढीमा मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारको ३ जनाको ज्यान गयो

संवाददाता
१४ मंसिर २०८०, बिहीबार १९:१५

१४ मंसिर, हेटौँडा । मकवानपुरको मकवानपुरगढीमा मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारको ३ जनाको ज्यान गएको छ ।
बिहीबार बाँसपानीबाट सुकौरा जाँदै गरेको प्रदेश ३–०२–०१२ प ६९११ नम्बरको मोटरसाइकल मकवानपुरगढी–२ बाँसपानीमा सडकबाट १२ मिटर तल खस्दा मोटरसाइकलमा सवार आमा छोरी दुबैजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृत्यु हुनेमा मकवानपुरगढी–२ कुर्ले पाखा बस्ने अन्दाजी बर्ष ३४ की रुपा स्याङतान र उनको ४ महिनाको छोरी रहेको प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । त्यस्तै गम्भीर घाइते भएका मोटरसाइकल चालक रुपाको श्रीमान भिम बहादुर स्याङतानको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा टाउकोमा चोट लागेर गम्भिर घाइते भएका स्याङ्तानको हेटौडा अस्पतालमा उपचार पश्चात थप उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाएको थियो । भरतपुर तर्फ लाने क्रममा बाटोमा नै उनको मृत्यु भएको प्रवक्ता भण्डारीले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*