मकवानपुरगढी देखि गोरखा दरबारसम्मको दुईदिने साइकलयात्रा

संवाददाता
१० जेष्ठ २०८१, बिहीबार १९:०८

१० जेठ, हेटौँडा । २५ सय ६८ औं बुद्धजयन्तीको अवसरमा मकवानपुरगढी देखि गोरखा दरबारसम्मको दुईदिने साइकलयात्रा गरिएको छ ।
हिमालयन राइडर्स सोसाइटी मकवानपुरको आयोजना र मकवानपुरगढी गाउँपालिका–२ को समन्वयमा आन्तरिक पर्यटन प्रवद्र्धनको निम्ति साइकलयात्रा आयोजना गरिएको हो । साइकलयात्रामा १२ जनाले सहभागिता जनाएको सोसाइटीका अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । बिहिबार मकवानपुरगढीबाट सुरु भएको साइकलयात्रा शुक्रबार साँझ गोरखा दरबार पुगेर समापन गरिने छ ।
साइकलयात्रा एकतर्फी मात्रै हुने बताइएको छ । साइकलयात्रामा ६० वर्ष उमेर पार गरेका ४ जना, ५० वर्ष उमेर पार गरेका ४ जना, ४० वर्ष र ३० वर्ष उमेर पार गरेका २÷२ जनाले सहभागिता जनाएका छन् । साइकलयात्रामा सोसाइटीका संस्थापक अध्यक्ष चेतनाथ आचार्य, उपाध्यक्ष राजु थापामगर, कोषाध्यक्ष लक्ष्मीचरन श्रेष्ठ लगायतको सहभागिता रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*